भक्तपुरमा १२ वर्षीय किशोर मृत फेला



भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा १२ वर्षीय किशोरले आत्महत्या गरेका छन्।

गुण्डु बस्ने राजु खतिवडाका छोरा वर्ष १२ का सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा टाईको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ।

छोरालाई झुण्डिएको अवस्थामा बुबाले देखेर पासो फुकाई मध्यपुर अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटी आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले बताएको छ। शव पोष्टमार्टमपश्चात आफन्तलाई बुझाएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्