सभापति देउवाले विधान विपरीतका गतिविधि गर्दैछन् : कांग्रेस नेता थापा



काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । 

 

नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गरेका हुन् । शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिए । 

 

नेता थापाले विधानविपरीत जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई सचेत गराए । उनले आउँदो चुनावमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औँल्याए  ।

 

कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरीतका गतिविधि गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरेका थिए । 

 

सर्वोच्च नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले रातोपुलमा स्मृति भवन बनाएको हो । 

प्रतिक्रिया दिनुहोस्