सुनको भाउ इतिहासमै उच्च , आज कति पुग्यो हेर्नुहोस् 



काठमाडौँ : आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार ८ सय रुपैयाँ पुगेको छ ।आजको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रवार एकै दिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरी चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको जनाइएको छ । चाँदीको भाउ भने शुक्रवार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्