सबै विदेशी मुद्राको भाउ बढ्यो 



काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ७९ पैसा तोकको छ । हिजो खरिददर खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७  पैसा थियो । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ । बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा थियो । यस्तै शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकेको छ ।

हिजो खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ । हिजो यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा थियो । यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा तोकिएको छ । बिहीबार यसको १ को खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा थियो । यस्तै कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा तोकेको छ ।

हिजो यसको १ को खरिददर ३६० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५३ पैसा थियो । बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ २५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा छ । हिजो बिहीबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ २५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्