प्रदेश २ सरकारलार्इ अघि बढाउनेबारे सुझाव दिन अाग्रह



जनकुरधाम: धनुषाका व्यापारी तथा वुद्विजिवीलार्इ प्रदेश २ सरकारलार्इ कसरी अगाडी बढाउने भन्नेबारे सुझाव दिन अाग्रह गरिएकाे छ । छठ पर्वकाे अवसरमा धनुषा चेम्बरले आयोजना पूजा सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशभित्रका सम्भावना खाेजिरहेकाे बताउँदै सुझावका लागि अाग्रह गरेका हुन् । 

 

कायस्थले छठ पर्व ठूलाे एवं पवित्र पर्व भएकाले प्रदेश सरकारले यस्ता पवित्र पर्वका लागि सरकारले सहयाे गर्ने बताए । छठ पूजाको अवसरमा प्रदेश २ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले यस प्रकारको कार्यले समाजमा सकारात्मक प्रभाव पारेको जिकिर गर्दै छठ पर्वको सांस्क़ृतिक पक्षका महत्वमाथि प्रकाश पारेका थिए ।

 

जनकपुरमा आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढेको र ती पर्यटक लाई सबैले रोक्न सकेमा यहाँका युवाहरुलाई बाहिर जान नपर्ने मुख्य न्यायधिवक्ता झाले बताए । प्रदेश सरकार उद्योग स्थापना र व्यापारी सुरक्षाको लागि कार्य अगाडि बढ़ाएको स्पस्ट पारे ।

 

छठ पर्वको अवशरमा धनुषा चेम्बर अफ कमर्सले शनिबार जनकपुरमा एक कार्यक्रमकाबीच एकसय भन्दा बढी छठ व्रत गर्ने महिला ब्रतालुलाई दुइ लाखभन्दा बढी मूल्य वरावरको पांच प्रकारका पूजा सामग्री वितरण गरेको छ ।

 

प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थको हातबाट ब्रतालु महिलाहरुलाई साडी, निवल, गहुँ, चामल र शक्खर लगायतका सामग्री वितरण गरिएकाे छ ।

 ।

 

प्रतिक्रिया दिनुहोस्