आलेले भने : ‘पार्टीको निर्णय मान्छु, मन्त्री पद छोड्छु’



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताएका छन् ।

अहिलेसम्म पार्टी निर्णयबारे जानकारी नभएको बताउँदै मन्त्री आलेले पार्टीले फिर्ता बोलायो भने पार्टीको निर्णय मान्ने बताएका हुन्।

आइतबार बसेको पार्टी सचिवालयको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् । फिर्ता बोलाएपछि नयाँलाई जिम्मेवारी दिने एकीकृत समाजवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्