बसको छतमा एक युवाको शव फेला



बुटवल : बुटवलको बसपार्कमा रोकिराखेको बसको छतमा एक युवक मृत अवस्थामा भेटिएका छन्। गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय दीपक थापा बसको छतमा मृत अवस्थामा भेटिएका हुन्। लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो।

गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी भीमलाल भट्टराईले बताए। शव कुहिएको अवस्थामा फेला परेको र हत्या या मृत्यु भएको हो अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्