२१ वर्षमा बन्यो काङ्ग्रेस भवन



काठमाडौँ: देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । 

 

‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो ।

 

काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको आज १०४ औँ गणेशमान जयन्तीका अवसरमा काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे ।

 

२१ वर्षअघि यो भवनको शिलान्यास पनि उनले नै गरेको आज आयोजित कार्यक्रममा जानकारी दिइयो । 

प्रतिक्रिया दिनुहोस्