पानी ट्यांकीमा १६ महिने बालकको शव फेला



काभ्रे : पानी ट्यांकीमा १६ महिने बालको शव भेटिएको छ। काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा बालकको शव पानी ट्याक्कीमा भेटिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए।

चितवनको राप्ती नगरपालिका स्थायी घर भएर बनेपा ६ बुडोलमा डेरा गरी बस्ने धुव्र खरेलेको १६ महिने छोरो अभिनव खरेल मृत अवस्थामा फेला परेको जनाइएको छ। उनले के कारणले घटना भयो त्यसको थप अनुसन्धान गरिरहेको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्