सहकारी संस्थाहरुले लिने ब्याजमा सीमा निर्धारण 



काठमाडौँ : सरकारले सहकारी संस्थाहरूको पनि ब्याजदरको सीमा तोकिदिएको छ । अब सहकारी संस्थाहरूले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने भएको छ । सहकारी ऐन–२०७४ अनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिले १६ प्रतिशतभन्दा बढी लिन नपाउने निर्णय गरेको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ ब्याजदर निर्धारण समितिको सिफारिस अनुसार सहकारी संस्थाहरूको पनि कर्जाको ब्याजदर १६ प्रतिशत भन्दा बढी लिन नपाउने निर्णय गरिएको विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले साउन १९ गते आइतबारबाट लागू हुने सो निर्णयमा बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था पनि गरिएको स्पष्ट पारे । सरकारले सहकारी संस्थाहरूको ब्याजदर निर्धारणका लागि रजिस्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्