मेदेखि ओप्पोह्याक-२०२२, विश्वभरका टेक प्रतिभालाई निम्तो



काठमाडौं । अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्शनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको छ । ओप्पोह्याक २०२२ मार्फत कलरओएस सम्बन्धि थप नयाँ जनाकारीहरु पनि उपलब्ध गराइने छ ।

ओपोह्याक २०२२–कलरओएसः बौद्धिकता विश्व जोड्दै

प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधि वीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको छ । विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरु निर्वाध क्रस–डिभाईस कनेक्शनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाहरुका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ ।

ओप्पोको ब्राण्ड प्रस्ताव “ईन्पिरेशन अहेड” संग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रबर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोग मार्फत मानव जातीले सामना गर्ने सबैभन्दा चुनौतिपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्छ । ओप्पोह्याक २०२२ मार्फत प्रविधि पे्रमीहरुलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ । यसले प्रस्तावना तथा स्टार्टअपहरुलाई विश्वमा वास्तविक रुपमा सकारात्मक प्रभाव पार्नेछ । ओप्पोह्याक २०२२ मा, सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् । यो एउटा पीसी कनेक्ट जस्तै हो, जसले तपाईको फोन र कम्पयुटर बीच सीमलेस अन्तरक्रिया सिर्जना गर्दछ । तपाईले यसलाई धेरै स्क्रिनहरुको एक मस्तिस्कको रुपमा सोचेर सर्वव्यापीताको एक कदम नजिक पाउन सक्नुहुनेछ ।

प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्र्रतिस्पर्धा गर्ने हकाथन हो ।

एक सहभागीको रुपमा, तपाई जहाँ भएपनि, हाम्रो हाइब्रिड मोड हकाथनले कार्यक्रममा सामेल हुन सजिलो बनाएको छ । जुन देखि अगस्ट सम्म, यसमा प्राविधिक ग्यारेजहरुको श्रृङ्खलाहरु हुनेछन् जसले तपाइलाई शुरु गर्न आवश्यक पर्ने उत्कृष्ट ईन–क्लास अवधारणाहरु र सीपहरु प्रदान गर्दछ । फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन् । यसले तपाईको सपनाको परियोजना सिर्जना गर्न सक्षम पार्नेछ । विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तरक्रिया गर्ने अवसर हो । ४०,००० डलर बराबरको कुल नगद पुरस्कारको अतिरिक्त, परियोजनाहरु जित्नको लागि तपाईको परियोजनामा लगानी गर्ने र वास्तविक संसारमा लागु गर्ने मौका एउटा सपना मात्र होइन ।

ओप्पोह्याक ले हकाथनका २ राउण्ड सहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । हकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट शहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअलि सहभागि भएका सह–होस्ट हकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ । फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ । मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता Oppohack.com मा आवेदन दिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्