पोखरीमा डुबेर १३ वर्षीय बालकको मृत्यु



धरान : पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। सुनसरी इनरुवा नगरपालिका–७ का १३ वर्षीय अर्पण खवासको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

शुक्रबार दिउँसो पाखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्