जनकपुरबाट सुरु भएको गंगा आरती फेवाताल पुग्यो



जनकपुर : जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरबाट सुरु भएको गंगा आरती पोखराको फेवाताल पुगेको छ। माता ताल बराही सेवा समितिले साँझ फेवातालमा समेत आरती गर्न थालेको छ।

जनकपुरधाममा सुरु भएको गंगा आरती पोखराको फेवातलाका साथै सिरहा, महोत्तरीको जलेश्वर लगायतका स्थानमा समेत हुने गरेको छ।

जनकपुरधामको धार्मिक र पवित्र गंगा सागरमा सेभ हिस्टोरिकल जनकपुरको पहलमा सुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

गंगा आरती हेर्न प्रत्येक दिन पोखराको फेवातालमा स्थानीय र बाह्य मानिसको उपस्थिति हुने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्