कांग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा



प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसदको बुधबारको बैठकमा कांग्रेस सांसद अमेरशकुमार सिंहले सरकारले संविधान उलंघन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । संविधानले नागरिकलाई विना रोकटोक हिँडडुल गर्न स्वतन्त्रता दिए पनि सरकारले संविधान उलंघन गरेर स्वेच्छाचारी भएको उनले आरोप लगाए । थाइल्याण्ड जान लागेका पूर्वलडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काइएको प्रसंगमा सांसद सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

 

न्यायीक छानविन गर्न माग

सांसदहरुले प्रहरी नियन्त्रणमै रहेका बेला बाँकेका राममनोहर यादवको मृत्यु भएको घटनाको न्यायिक र संसदीय छानबिन गर्न माग गरेका छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका र प्रहरी नियन्त्रणमै मृत्यु भएका उनको मृत्युको घटनाको सत्य तथ्य पत्ता लगाउन सांसदहरुले छानबिन समिति गठनको माग गरेका हुन् ।

बुधबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद अमरेशकुमार सिंहले प्रहरी नियन्त्रणमा नै मृत्यु हुनु सरकारको गम्भीर लापरबाही भन्दै घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन न्यायिक छानबिन गठन गर्न माग गरे । उनले उक्त घटनामा संलग्न प्रहरी अधिकारीलाई पनि कारबाही गन माग गरे ।

‘कस्टडीमा लिने भनेको जिम्मा लिने हो । सरकारले जिम्मा लिएपछि हत्या गरिएको छ, यसमा संलग्न पुलिस अफिसरलाई कारबाही गर्नुपर्छ । विभागीय होइन, न्यायिक छानबिन गर्नुपर्छ’ सांसद सिंहले भने ‘सम्बन्धित परिवारलाई राहत दिनुपर्छ ।’

केही दिनअघि उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेको जानकी गाउँपालिका ६ का यादव ३० बर्षीय यादवको गत शुक्रबार राति प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएको थियो ।

राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले घटनाको विषयमा गृहमन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए । प्रहरी नियन्त्रणमा नै यादवको मृत्यु भएको र प्रहरी सरकारकै अंग भएको भन्दै उनले सरकारले नै यादवको हत्या गरेको आरोप लगाए ।

‘विरोध गर्न पाउने अधिकार प्रयोग गरी कालो झण्डा देखाउनेलाई सरकारले हत्या गरेको छ’ उनले भने, ‘यो हत्याबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनुपथ्र्यो । संसदमा हरेक दिन प्रश्न उठेको छ । तर सरकारले जवाफ दिएको छैन ।’

घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनले बताए ।

‘के व्यक्ति ब्यक्तिले अनुमति लिएर जानुपर्छ रु सरकारले संविधानको उलंघन गरेको छ, म प्रधानमन्त्रीको राजीनामा माग गर्दछु,’ उनले भने, ‘सरकार स्वेच्छाचारी तरिकाले चल्नु हुँदैन । संविधानको उलंघन गर्न बनाएको होइन ।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा