कार्यकर्ता पक्राउको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाउने



काठमाडौं : कार्यकर्ता पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले आन्दोलनको घोषणा गरेको छ ।

 

प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

 

१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेका थिए । अन्जानमा फेसबुकमा आएको तस्वीर शेयर गरेको भन्दै माफी माग्दा समेत नछाडेको भन्दै नेवि संघले आन्दोलनको घोषणा गरेको छ ।

 

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा ढकाललाई पक्राउ गरिएको नेवि संघ अध्यक्ष नैनसिंह महरले बताए । 

 

ढकाललाई रिहा गर्न माग गर्दै नेवि संघले कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्