दोलखामा पहिरोले १० घर पुरियो, २ जना बेपत्ता



काठमाडौं : दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा पहिरो खसेर घर भत्किँदा २ जना सम्पर्क विहीन भएका छन्। बेपत्ता हुनेमा ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का रहेका छन्। शुक्रबार राति साढे ११ बजेतिर गाउँमा पहिरो खस्दा १० घर पुरिएका छन्।

घटनामा दुई जना सम्पर्कबिहीन भएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए। पहिरोले १० घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको र ११ घरमा बस्न नमिल्ने गरी क्षति पुर्‍याएको रिजालले बताए। उनीहरूको खोजी भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्