पिङमा बेरिएर ८ वर्षीया बालिकाको मृत्यु



गुल्मी : घरमा खेल्नका लागि बनाइएको पिङमा बेरिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका–२, भिरखानीमा एक पिङमा बेरिएर सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक एसपी दीपककुमार बस्नेतले जानकारी दिए।

उपचारका लागि स्थानीय मेडिकलमा लगिएको र उनको त्यहि मृत्यु भएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्