पेस्तोल ताकेर ‘मार्छु’ भनी धम्क्याउँदै हिँड्ने एक जना पक्राउ



दाङ : दाङमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका ४ मुलटापा निवासी ३० वर्षीय शिवबहादुर विक रहेको जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता बिनोदविक्रम शाहले बताए।

उनले शनिबार विहान २ बजेको समयमा स्थानीय खुवी केसीको होटलमा बास बसेका ३ जना टिप्पर चालक र अन्य ब्यक्तिहरूमाथि मार्छु भन्दै पेस्तोल ताकेका थिए। घटनाबारे सूचना पाउना साथ इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले बिकलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहको छ।

प्रतिक्रिया दिनुहोस्