रक्सी भनेर तेल खाँदा एकको मृत्यु



ओखलढुंगा : ओखलढुंगामा रक्सी भनेर मछिनोको तेल खाँदा एक जनाएको मृत्यु भएको छ। मोलुङ गाउँपालिका–७ पात्लेमा शनिबार मछिनोको तेल खाँदा ३९ वर्षीय मकर तामाङको मृत्यु भएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए।

उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई मदिरा भनेर पिउँदा बिरामी भएका थिए। उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको सुनुवारको भनाइ छ।   

प्रतिक्रिया दिनुहोस्