पिएसजीलाई कीर्तिमानी उपाधि



काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ।

शनिबार भएको फाइनलमा रेन्नेसलाई २–१ गोल अन्तरले पराजित गर्दै पिएसजीले सिजनको पहिलो उपाधि जितेको हो।

पिएसजीको जितमा किलियन एमबाप्पे र एन्जल डी मारियाले गोल गरे। रेन्नेसका एड्रीन होन्युले एक गोल फर्काए।

पिएसजी लियोनलाईपछि पार्दै सर्वाधिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने टिम बनेको हो। लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ।

फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टिमबीच फ्रेन्च सुपर कप हुने गर्छ। गत सिजन पिएसजीले लिग र रेनसले फ्रेन्च कप जितेको थियो।

पिएसजीका लागि यस खेलमा पनि ब्राजिलियन फरवार्ड नेयमारको उपस्थिति थिएन।

प्रतिक्रिया दिनुहोस्