विदेशी मुद्राको भाउ कति छ जान्नुहोस्



काठमाडौं : आज आइतबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ । आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा तोकेको छ ।

यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिटको आइतबार १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा पुगेको छ ।

कोरियन वन को मूल्यमा भने कुनै फेरबदल भएको छैन । कुवेती दिनारको भाउ भने धेरैले बढेको छ । आइतबार यसको १ को खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा पुगेको छ । आइतबार बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्