बन्दीपुरमा बस दुर्घटना हुँदा १९ जना घाइते



तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट बाग्लुङ कालागि छुटेको  बा४ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्