‘फ्रेन्डसिप डे’का दिन साथीलाई नदिनुस् यी ७ गिफ्ट, मानिन्छ अशुभ



बेस्ट फ्रेन्डको यादमा हरेक वर्ष अगस्त महिनाको पहिलो आइतबार (अर्थात आज) 'फ्रेन्डसिप डे' मनाइन्छ । यस दिनलाई  खास बनाउन साथीहरुलाई अनेक प्रकारका गिफ्ट दिने गरिन्छ । तर एक गलत गिफ्टले तपाईको दोस्ती खतम हुन बेर लाग्दैन् । साथीहरुलाई यी गिफ्ट दिनु अशुभ मानिन्छ, जो निम्न प्रकारका छन् ।

रुमाल

फ्रेंडशिप डे पर दोस्त को भूलकर भी न दें ये 7 गिफ्ट, माने जाते हैं अशुभ

साथीलाई उपहारमा रुमाल दिनु हुँदैन् । यसले साथीसंगको सम्बन्ध टुट्ने सम्भावना हुन्छ । यसको साटो टिसर्ट या टाई गिफ्ट गर्न सकिन्छ । 

आर्टिफिसियल फूल

Image result for friendship day gift

साथीलाई उपहार स्वरुप आर्टिफिसियल फूल दिनु पनि राम्रो मानिदैन् । यसप्रकारको फूल नक्कली फिलिङ्सको प्रतिक हो । यसकारण साथीहरुलाई यो उपहार दिनुको साटो प्राकृतिक फूल दिनु राम्रो हुन्छ । 

कालो रङको उपहार

फ्रेंडशिप डे पर दोस्त को भूलकर भी न दें ये 7 गिफ्ट, माने जाते हैं अशुभ

कालो रङ धेरैजसोको मनपर्ने रङ हो । तर यो रङ कसैलाई उपहारमा दिनु अशुभ मानिन्छ । कालो रङ राहुको रङ मानिन्छ । यसैले कालो रङको कपडा, कालो रङले बेरेको चिज दिनु निकै नै अशुभ मानिन्छ । यसले सम्बन्ध बिगार्छ ।  

काँचबाट बनेको उपहार

फ्रेंडशिप डे पर दोस्त को भूलकर भी न दें ये 7 गिफ्ट, माने जाते हैं अशुभ

साथीलाई धेरैले प्राय काँचबाट बनेको वस्तु उपहारमा दिन्छन् । यस्तोमा काँटी जस्ता धारिलो चिज पनि हुनाले यसले सम्बन्धमा दरार ल्याउँछ । यस्तो धारिलो चिजलाई दुश्मनीको प्रतिक पनि मानिन्छ । 

पर्स वा पैसा

फ्रेंडशिप डे पर दोस्त को भूलकर भी न दें ये 7 गिफ्ट, माने जाते हैं अशुभ

साथीहरुलाई पर्स वा पैसा गिफ्मा दिनुले राम्रो सम्बन्ध पनि बिगार्न सक्छ । पैसाले सम्बन्ध सपार्ने धन्दा बिगार्ने नै धेरै हुने भएकले पैसालाई बिचमा ल्याउनु राम्रो मानिदैन । पर्स गिफ्टमा दिनुले यो जताउँछ कि हामीले आफ्नो धन दोस्रो व्यक्तिलाई सुम्पिरहेका छौँ । 

सेन्ट

फ्रेंडशिप डे पर दोस्त को भूलकर भी न दें ये 7 गिफ्ट, माने जाते हैं अशुभ

धेरै जसोले साथीहरुलाई परफ्युम गिफ्ट दिने गरेको पनि पाइन्छ । तर यो गिफ्ट दिनु राम्रो मानिदैन् । सेन्ट गिफ्ट दिँदा सम्बन्धमा तनाव र गलत बुझाइ आउन सकछ । जसले सम्बन्ध बिग्रन्छ । 

अचार

Related image

यदि खानेकुराको शौखिन साथी छन् भने खानेकुराको मिठो-मिठो अन्य परिकार गिफ्ट गर्न सकिन्छ । तर साथीलाई अचार दिनु राम्रो होइन् । भनिन्छ, यसले सम्बन्धमा तितोपन ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्