कोराला नाका खोल्न चीन इच्छुक



पोखरा : चीनसँगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधिमण्डलबीच आइतबार पोखरामा छलफल भएको छ । प्रदेश प्रतिनिधिमण्डलको नेतृत्व गरेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका थिए।

साथै उनले नाका खोल्न सकेमा व्यापरिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए।

चिनियाँ प्रतिनिधिमण्डल प्रमुख प्राध्यापक लिउले आफूहरु समेत कोराला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाँडै विस्तृत सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्