प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९-८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदीप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका छन ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिकमतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राज भण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए ।

यस्तै, असार १ गते प्रदेश सभा बैठकमा बजेट पेस हुँदैछ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे उपस्थित हुन सभामुखले अनुरोध गरेका छन ।

नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्