शौचालय सार्वजनिक प्रयोग गर्न दिने संघसंस्थालाई कर छुट दिन सकिदैँन : बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने संघसंस्थालाई कर छुट दिन नसकिने बताएका छन ।

शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरेको उनको भनाइ छ ।

‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो,’ कार्यपालिका बैठकमा आज उनले भने, ‘उहाँहरूलाई कर छुट दिन सकिन्न। पहिले रेष्टुरेन्टलाई कर छुट दिने भनिएको थियो। तर रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ।’

कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने उनले बताएका छन। महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्