अमेरिका भ्रमणबारे संसदीय समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने



काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलमा बोलाउने निर्णय गरेको छ। सोमबार बसेको समिति बैठकले अमेरिका भ्रमणको उद्देश्य र एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो।

समितिकी सभापति पवित्रा खरेल निरौलाले समिति बैठकमा प्रधानमन्त्री देउवालाई असार ५ गते बोलाइने बताइन्। समितिले परराष्ट्रमन्त्री नारायण खडकालाई पनि असार ३ गते छलफलका लागि बोलाउन लागेको उनले बताइन्।

त्यसअघि ३ गते समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्