शीर्षकै कारण विलम्ब, अलमलमा कार्यकर्ता



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षस्थ नेताकै कारण तल्ला कमिटी र भ्रातृ संगठनको एकतामा विलम्ब देखिएको छ । माउ पार्टी एकता भएको लामो समय बित्दासमेत तल्ला कमिटी र भ्रातृ संगठनको एकता हुन नसक्दा कार्यकर्तामा भने अलमल देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको व्यस्तता र पार्टी एकतामा चासो दिन नसक्दा एकता प्रक्रिया लम्बिन पुगेको हो । तल्ला कमिटी र भ्रातृ संगठनले संख्या तथा संरचनासहितको प्रतिवेदन तीन महिनाअघि नै पार्टीमा बुझाइसके पनि दुई अध्यक्षले नेतृत्वको विषयमा तल्ला कमिटीमा निर्देशन दिएका छैनन् । अाजकाे राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्