प्रहरीकै गाडीमाथि चेक जाँच !



गत अप्रिलमा धनगढीमा फुटबल खेल्न आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको अरोपमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गौरीफन्टाबाट पक्राउ गर्यो । 

(एसबएसबी)ले सीसीटीभी फुटेज केलाउँदा ती व्यक्तिलाई नेपाल प्रहरीकै एक नायब निरीक्षककले मोटरसाईकलमा धनगडी सीमा पार गराएको दाबी गर्दै आएको छ । 

धनगढीस्थित एक प्रहरी अधिकारीका अनुसार एसएसबीका अधिकृतले दुइपक्षीय बैठकमै यो कुरा उठाएको थिए तर, नेपाली अधिकारीले भने त्यस घटनाबारे अनिभिज्ञता जनाएका थिए । 

उक्त घटनापछि एसएसबीले केही महिना नेपाल प्रहरीका गाडीसमेत चेकजाँच गरेर मात्रै आवतजावत गर्न दिने नियम बनाएको थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्