गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाँधिदै



काठमाडौं । गायिका इन्दिरा जोशी आज (मंगलबार) विवाह बन्धनमा बाधिँदै छन्। उनी फेसन डिजाइनर शरद केडियासँग विवाह बन्धनमा बाधिन लागेकी हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा र केडियाले मंगलबार सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गर्दैछन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले केही दिनअघि मेहन्दी परम्परा पनि गरेका थिए।

गत वर्षबाट उनीहरुले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए। शरदले इन्दिरालाई प्रपोज गरेको भिडियो निकै चर्चित समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्