एमालेले सबै प्रदेशमा अनुशासनबारे प्रशिक्षण कार्यक्रम संचालन गर्ने



काठमाडौं । नेकपा एमालेले सबै प्रदेशमा अनुशासनबारे प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय अनुशासन आयोगको बैठकले अनुशासनबारे सातै वटा प्रदेशमा प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

पार्टी भित्र देखापरेको अनुशासनहिनतालाई परास्त गर्ने उद्देश्यले साउन महिनाको दोस्रो साताबाट प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो ।

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता र अनुशासन विपरीत कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्