सुनको भाउको नयाँ कीर्तिमान , आज कति पुग्यो ?



काठमाडौँ : सुनको भाउ निरन्तर उकालो लागेको छ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सोमबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ । आइतबार तोलामा ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज एकै दिन १५ सय रुपैयाँ बढेको हो ।

सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै धेरै हो । शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा महँगो भएकाले नेपालमा पनि भाउ बढेको सुनको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

सोमबार चाँदीको भाउ पनि बढेर तोलामा ७ सय ९५ रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्