पाइलटले विमान अपहरणको गलत सूचना दिएपछि…



काठमाडौं : भारतको इन्दिरा गान्धी विमानस्थलबाट अरियाना एरलाइन्सको विमानका को पाइलटले गल्तीले विमान अपहरणको बटन दबाएपछि हल्लीखल्ली मच्चिएको छ । भारतबाट अफगानिस्तानको कान्दाहार जान लागेको विमानमा १२४ यात्रु र नौ जना कर्मचारी थिए । 

उड्न ठिक्क परेको विमानका को–पाइलटले गल्तीले अपहरणमा परेको संकेत दिने बटन दबाएपछि विमानस्थल प्रशासनले उक्त विमानलाई उड्न रोक लगाउएको थियो भने सुरक्षाकर्मीले चारैतिरबाट घेराबन्दी गरेका थिए । राष्ट्रिय सुरक्षा गार्डका कमाण्डोसहित सुरक्षासँग सम्बन्धित विभिन्न निकाय उच्च सतर्कअवस्थामा रहे । 

विमानभित्र रहेका यात्रुमा पनि हल्लीखल्ली मच्चियो । लगत्तै विमानमा जाँच सुरु गरियो । त्यसपछि उक्त विमानमा रहेका यात्रुको सुरक्षा जाँच गरियो । 

लामो अनुसन्धानपछि उक्त विमानका पाइलटले भुलवस अपहरणमा परेको सूचना दिने स्वीच थिचेको पाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यसपछि विमान करिब दुई घण्टा ढिलो नयाँ दिल्लीबाट अफगानिस्तानका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्