उद्योग दर्ता गर्न ५० हजार घुस माग्ने अधिकृत पक्राउ



हेटौडा: उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

अमात्यले उद्योग दर्ता गर्न आई ई ई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंबाट खटिएको टोलीले अधिकृत (आठौँ) चन्दनकुमार अमात्यलाई ५० हजार घुस रकमसहित आइतबार कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्