विदेशी मुद्राको मूल्य जान्नुहोस्



काठमाण्डौ : सोमबार कोरियन वनको मूल्य केही पैसाले घटेको छ भने अन्य विदेशी मुद्राको मूल्यमा खासै फेरबदल भएको छैन ।  नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी खरिददर १११ रुपैयाँ ४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ । 

यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकेको छ ।  सोमबार यूएई दिर्हामको बिक्रीदर भने १ पैसाले मात्र बढेको छ । १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ २३ पैसा बिक्रीदर ३० रुपैयाँ ३९ पैसा थियो ।

मलेसियन रिंगिटको भाउमा पनि आइतबारको मूल्यमा कुनै फेरबदल भएको छैन । सोमबार  रिगिंट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा नै छ । कोरियन वन को मूल्य भने केही पैसाले घटेको छ । सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा तोकेको छ । आइतबार कोरियन वन १०० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा थियो ।

कुवेती र बहराइन दिनारको भाउमा पनि आइतबारको भन्दा कुनै फेरबदल भएको छैन । सोमबार कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा छ । 

यस्तै बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा नै छ ।

प्रतिक्रिया दिनुहोस्