आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा ४ जिल्लाका ५७ व्यवसायी कारवाहीमा (नामावलीसहित)



जनकपुरधाम : नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरुको बैंक खाता रोक्का गरिएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरले सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरुलाई कारवाही गर्न सुरु गरेको हो । 

आर्थिक वर्ष २०७५/०७६ सम्म धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लाका ५७ करदातालाई कारवाही गरिएको छ । करदाता रहेका ती व्यवसायिक फर्महरूको नाममा रहेका बैंक खाता रोक्का गर्नुका साथै जग्गा रोक्का गर्न समेत सम्बन्धित कार्यालयहरूमा राजस्व कार्यालयले पत्राचार गरेको छ ।

निर्माण व्यवसायी समेत रहेका नेकपाको धनुषाका प्रदेश सांसद किशोरी साह कमलदेखि जनकपुरमा नाम चलेका निर्माण व्यवसायी हिरा भगतसम्मलाई आन्तरिक राजस्व कार्यालय जनकपुर शाखाले कारवाही स्वरूप बैंक खाता, जग्गा जमिन समेत रोक्का गरेको छ । 

बक्यौता कर असुलीका लागि निरन्तर ताकेता गर्दा समेत करदाताहरूले बक्यौता रकम भुक्तानी गर्न अटेर गरेकाले ती फर्म र फर्मको नाममा रहेका नेपालभित्रका सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेका सबै खाताहरू रोक्का गर्नका लागि २०७६ साउन १० गते नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग काठमाडौंलाई पत्राचार गरी सकिएको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ५७ वटा फर्मको बैंक खाता रोक्का गरिएको छ ।

धनुषाको जनकपुर ४ का हिरा भगतले सञ्चालन गरेको मकालु निर्माण सेवा, सिन्धुली ६ का शुष्मा पुर्ने साहले सञ्चालन गरेको कनिका कोल्ड स्टोर्स, सिन्धुलीको कमलामाई ६ का मीनबहादुर श्रेष्ठले सञ्चालन गरेको अञ्जना निर्माण सेवालाई कारवाही गरिएको छ । सिन्धुलीकै सुकजोरका शैलेन्द्रकुमार बस्नेतले सञ्चालन गरेको सञ्जीव, शिव, पर्जुना जेभी, इमरिन ठाकुर निर्माण सेवालाई कारवाही गरिएको छ ।

त्यस्तै सर्लाही बयलबासका शिवकुमार महतो कोइरीले सञ्चालन गरेको पूजा जेनेरल स्टोर्स, सर्लाही मलंगवा ३ का मुकेशकुमार साहले सञ्चालन गरेको ऋतिक कन्स्ट्रक्सन, सर्लाही पिपरिया ४ का राकेशकुमार साहले सञ्चालन गरेको राकेश कोल्ड स्टोर्सको बैंक खाता रोक्का गरिएको छ ।

महोत्तरीको कोल्हुवा बगेया १६ का राजकिशोर साहले सञ्चालन गरेको आशिश, रोशन, रामजानकी जेभी, जनकपुर ४ का हिरा भगतले सञ्चालन गरेको महादेव, खिम्ती, रोशन, राम जानकी जेभी, महोत्तरी निगौल ५ का रामकुमारी देवीले सञ्चालन गरेको मनोज इँटा उद्योगलाई कारबाही गरिएको छ । सर्लाही हरिवन ९ का राजु कार्कीले सञ्चालन गरेको न्यू पशुपति सप्लायर्स, सिन्धुली कमलामाई ९ का दिपक कुमार कार्कीले सञ्चालन गरेको सिद्धबाबा आत्रेय, नयाँ युग जेभीलाई पनि कारबाही गरिएको छ ।

सर्लाही हरिवन– ९ का मोहनबहादुर कार्कीले सञ्चालन गरेको कार्की इन्जिनियरिङ वर्कसप, जनकपुर २६ का शिवशंकर यादवले सञ्चालन गरेको लभकुश इँटा उद्योग, सर्लाहीको मलंगवा ९ का सागर मल अग्रवालले सञ्चालन गरेको विशाल आयल ट्रेडिङ, सर्लाही ईश्वरपुर ३ का सोफी उपाध्यायले सञ्चालन गरेको स्कट एण्ड स्कट्स नेपाललाई कारबाही गरिएको छ ।

सिन्धुली २ का जयकुमार उपाध्यायले सञ्चालन गरेको शिव शम्भु निर्माण सेवा एण्ड पोख्रेल जेभी, महोत्तरी जलेश्वर १ का अनिल विक्रम साहले सञ्चालन गरेको शिव पार्वती कन्स्ट्रक्सन, सर्लाही हरिवन ३ का निरज कार्कीले सञ्चालन गरेको पशुपति एग्रो फ्युल इन्डस्ट्रिज लाई कारबाही गरिएको छ ।

काठमाडौं २५ विशालबजारका अशोक कुमार गोयंकाले सञ्चालन गरेको विशहरा इन्टरप्राइजेज, सिन्धुलीको कमलामाई ९ का दीपककुमार कार्कीले सञ्चालन गरेको रौताहा सिद्धबाबा जेभी, सर्लाही जमुनिया ५ का चुल्हाई चौधरीले सञ्चालन गरेको जय चमेली सःमिल तथा फर्निचर उद्योगलाई कारवाही गरिएको छ ।

सर्लाही ईश्वरपुर ४ का शिरिशकुमार मैनालीले सञ्चालन गरेको हरिशंकर आयल स्टोर्स, धनुषा रघुनाथपुर ४ का किशोरी साह कमलले सञ्चालन गरेको रमन कमल जेभीलाई कारवाही गरिएको छ । किशोरी साह कमल धनुषाका प्रदेश सांसद समेत हुन् । उनी नेकपाबाट प्रतिनिधित्व गर्छन् ।

त्यसैगरी सिन्धुली कमलामाई ६ का सञ्जय साहले सञ्चालन गरेको एसआर टेलीवर्ल्डलाई कारवाही गरिएको छ । सर्लाही हरिवन १ का तिलकबहादुर श्रेष्ठले सञ्चालन गरेको तिलक मर्मत सेवा केन्द्र, हरिवन ११ कै बैजुप्रसाद साहले सञ्चालन गरेको शिवानी स्क्रेप सेन्टर, जनकपुर ४ का निशा झाले सञ्चालन गरेको माँ लक्ष्मी इम्पेक्सलाई कारवाही गरिएको छ ।

जनकपुर १० का उत्तम बस्नेतले सञ्चालन गरेको दिवादेव एण्ड सायरा रोशन राम जानकी जेभी, सिन्धुली कमलामाई ९ का गंगादेव श्रेष्ठले सञ्चालन गरेको एसजी फोटो वर्ल्ड, काठमाडौं ४ चोभारका अर्जुनबहादुर थापा मगरले सञ्चालन गरेको लांघाली सुरक्षा सेवाका साथै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ को नमो बुद्ध ड्रिलिंग कम्पनी, जनकपुर १ को रोशन राम जानकी जेभी, सर्लाही हरिवन ४ को ब्यू जय माता डी इँटा उद्योग, सर्लाही हरिपुर ४ को चमेलीमाई सुगर इन्डस्ट्रिज, सर्लाही लालबन्दी ७ को प्राश्ना एजुकेसन इन्स्टिच्युटलाई पनि कारबाही गरिएको छ ।

सिन्धुलीको कमलामाई ९ को सञ्जीव एण्ड ब्रदर्स कन्स्ट्रक्सन, जनकपुर ४ को चौधरी इन्टरप्राइजेज, महोत्तरी सोनमाको शक्ति बिल्डर्स, जनकपुर १० को रामजानकी रिलायन्स जेभी, सर्लाही धनकौल २ का अजित एण्ड सुजित कन्स्ट्रक्सन, सिन्धुली कमलामाई ६ का शुभम ट्रेडिङलाई पनि कारवाही गरिएको छ ।

सिन्धुली कमलामाई नगरपालिका ६ को पर्जुना सिद्धकाली, कुँवर एसडी विक्रम जेभी, सर्लाही मलंगवा ९ को पर्फेक्ट मेसिनरी एण्ड हार्डवेयर, मलंगवा २ को राजन इन्टरप्राइजेज, जनकपुर ४ को केयर मेडिकल सेन्टर, जनकपुरका कलेज फोर प्रोफेसनल स्टडिजलाई पनि कारबाही गरिएको छ ।

जनकपुर ११ को इन्दिरा स्टोर्स, जनकपुर ४ को एसएन ट्रेडिङ्ग, जनकपुर ७ को जय माता दी आइरन स्टोर्स, जनकपुर ९ को मिथिला टेक्निकल एकेडेमी, जनकपुर २ को बिके इन्टरप्राइजेज, जनकपुर १ को डोकानिया सप्लायर्स, जनकपुर ४ को राम जानकी हेल्थ फाउन्डेसनलाई पनि कारवाही गरिएको छ ।

ती सबै फर्मको नाममा रहेको खातामा रकम जम्मा गर्न मिल्ने तर राजस्व कार्यालयका नाममा जारी भएको एकाउन्ट पेयी चेक बाहेक अन्य रकम झिक्न नमिल्ने गरी बैंक खाता रोक्का गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्