सेप्टेम्बर ६ मा ओलम्पिक कमिटीको निर्वाचन



काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन आगामी सेप्टेम्बर ६ मा हुने भएको छ। सोमबार बसेको एनओसीको बोर्ड बैठकले नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो।

एनओसीले सेप्टेम्बरको पहिलो साता निर्वाचन गर्ने तयारी सहित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पत्राचार गरेको थियो। आईओसीले प्रस्तावित मितिलाई स्विकृती प्रदान गरेसँगै एनओसीले नयाँ निर्वाचनको मिति तोकेको हो। बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। 

प्रतिक्रिया दिनुहोस्