महिला सांसद नियमित



काठमाडौं : डडेलधुराकी नीरादेवी जैरु संसद् बैठकमा नियमित पुग्छिन् । पहिलो र दोस्रो अधिवेशनको आठमहिने अवधिमा ८२ दिन भएका पूरै बैठकमा हाजिर भइन् ।जिल्लाको समस्यादेखि राष्ट्रिय विषयमा भाग लिइन् ।

उनी प्रतिनिधिसभामा नेकपाका तर्फबाट समानुपातिक सांसद हुन् ।

यही सक्रियताको कदर गर्दै पार्टीले जैरुलाई राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको भूमिका दियो । प्रतिनिधिसभाका ९० महिला सांसदमध्ये बैठकमा नियमित हुुने उनी एक्ली हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्