बाजुराभन्दा धनुषाको शिक्षा स्तर कमजोर : सञ्चारमन्त्री बास्कोटा 



जनकपुरधाम : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सात वटै प्रदेश र देशभरका १ हजार ३० विद्यालयलाई सूचना प्रविधि मैत्री विद्यालय (स्मार्ट स्कूल)को रुपमा विकास गर्ने बताएका छन् । 

सोमबार एक कार्यक्रमका बीच मन्त्री बास्कोटाले जनकपुरको एक सामुदायिक विद्यालयलाई सूचना प्रविधि मैत्री विद्यालय (स्मार्ट स्कूल )को रुपमा विधिवत उद्घाटन गरेका छन् । 

जनकपुर उपमहानगरपालिका ४ स्थित संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालयलाई प्रदेश २ को पहिलो स्मार्ट स्कूल घोषणा गरीयको हो ।

प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री बास्कोटाले विद्यालयलाई स्मार्ट विद्यालय घोषणा गरे जस्तै सात वटै प्रदेश र देश भरका १ हजार ३० विद्यालयलाई सूचना प्रविधि मैत्री विद्यालय (स्मार्ट स्कूल )को रुपमा विकास गर्न सरकार लागेको बताएका छन् । 

मिथिला सभ्यताको केन्द्र जनकपुरधामको आफ्नै मैथिलि संस्कÞृति रहेको जानकारी मन्त्री बास्कोटाले बाजुराभन्दा धनुषाको शिक्षा कमजोर भएको बताए । उनले प्रश्न गर्दै भने, ‘अब तिनै तहको दायित्व भनेको शिक्षा स्तर कसरी राम्रो बनाउने हो ।’ 

कुनै बेला ज्ञान भूमिको रुपमा परिचित यस मिथिलाको केन्द्र जनकपुरमा संस्कृतिक भाषाको पढाई पढ्न आफ्नो गाउँ पहाडबाट पनि मान्छेहरु आउने गरेको सम्झदै उनले यस स्थानमा शिक्षाको स्तर खराब हुनुमा कस्को कस्को दोस छ ? त्यस्तै अब सबै मिलेर शिक्षा अवस्था राम्रो बनाउनुपर्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व मेयर बजरंग साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले भने, ‘चुनावको बेला स्थानीय, प्रदेश र संघले के कसम खाएर चुनाव जित्या त्यो मात्र पूरा गरे धेरै समस्याहरुको समाधान हुन सक्छ ।’

फरक प्रसंगमा बोल्दै मन्त्री बास्कोटाले भने, ‘पूर्व पश्चिम राजमार्गबाट दक्षिण भित्र छिर्दा बाटोको अवस्था खराब देखिन्छ आखिर किन ? उनले प्रश्न गर्दै थपे, ‘टेण्डर लाग्छ तर काम किन हुँदैन ।’

तराई र पहाडको विविधताबारे बोल्दै उनले भने पहाडको चिसोमा विद्यर्थीले पढ्नु पर्छ भन्ने तराईको गर्मी पनि विद्यथीहरुले झेलेका छन् । विद्यर्थीलाई देखाउदै उनले भने, ‘अब साना–साना नानीलाई कसरी राम्रो शिक्षा दिने त्यसको मुख्य जिम्मेवारी अविभावकको हुने भएकोले आफ्नो दायित्व इमान्दारीका साथ पूरा गर्नुपर्छ ।’

तराई मधेशमा दाइजो र बोक्सीको समस्याहरु पनि थुप्रै सुनिदै आएको बताउदै उनले भने, ‘मैथिली संस्कृतिकमा दाइजोको समस्या हुनु नराम्रो संकेत हो ।’

कार्यक्रममा प्रदेशसभा सदस्य परमेस्वर साह, जनकपुर उपमहानगरकी उपमेयर रिता मिश्र, जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव, उपप्रमुख दीपक झा, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेल, जिल्ला प्रहरी कार्यालय धनुषाक प्रमुख शेखर खनाल, स्थानीय गणेश साह विद्यालयका शिक्षक, शिक्षिका र विद्यर्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्