कुलत छुटाउन भर्ना भएका युवकले गरे सुधार गृहमै आत्महत्या



काठमाडौं : भक्तपुरको सूर्यविनायकमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । सूर्यविनायक ९ नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा ४४ वर्षीय माधव कार्कीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

कुलत छुटाउने थलोको रुपमा परिचित सुधार केन्द्रमा भर्ना जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार घटना शनिबार बिहानको हो । दोलखाको तामाकोशी २ का कार्की ५५ दिनअघि रक्सीको लत छुटाउन केन्द्रमा भर्ना भएका थिए ।

कार्की कोठामा रहेको दुई तले खाटमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । अहिले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार केन्द्रमा रहेको सीसी टीभी फुटेजमा उनले आत्महत्या गर्दै गरेको दृश्य कैद भएको छ ।

सीसी टीभीमा कैद भएको दृश्य अनुसार उनले आफ्नै ट्रयाक सुटमा रहेको तुनाको पासो बनाएको देखिएको प्रहरी बताए ।

 

प्रतिक्रिया दिनुहोस्