प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान



विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा ५.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गत आर्थिक वर्षको भन्दा १ प्रतिशत बढीले आर्थिक वृद्धिदर कायम हुने अनुमान गरेका हुन् ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको असर क्रमशस् न्यून हुन गएसँगै आर्थिक तथा सामाजिक गतिविधिहरु गतिशील बन्दै गएको उल्लेख गर्दै मन्त्री आङ्बोले आमनागरिकको जनजीवन सहज बन्दै गएका कारण आर्थिक वृद्धिदर हुने अनुमान गरेका हुन ।

‘उद्योग एवं व्यापार व्यवसायहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन्, आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, निर्माण क्षेत्रले क्रमशस् गति लिँदै गएको छ भने ऊर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोका आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान छ,’ बजेटमा भनिएको छ, ‘चालु आर्थिक वर्षको संशोधित कुल गार्हस्थ उत्पादन ७ खर्ब ६३ अर्ब रहने अनुमान छ, फलस्वरुप प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ४.३४ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षमा ५.४१ प्रतिशत पुग्ने अनुमान छ ।’

मन्त्री आङ्बोले चालु आर्थिक वर्षसहित पछिल्लो चार वर्षमा प्रदेशको वार्षिक औषत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहेको पनि स्मरण गराएका छन ।

प्रतिक्रिया दिनुहोस्