मुख्यमन्त्री राउतको अश्वासनपछि २२ दिनदेखि जारी चक्काजाम र प्रदर्शन स्थगित



बारा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्नुपर्ने र पूर्णपाठ नआएसम्म जारी चक्काजाम र प्रदर्शन स्थगित गर्ने आग्रह गरेपछि बिहीबारबाट बाराको निजगढमा हुँदै आएको चक्काजाम र प्रदर्शन स्थगित भएको छ ।

निजगढ सार्वजनिक सरोकार समिति र युवा तथा विद्यार्थी सरोकार समितिले विमानस्थल निर्माणको निम्ती निजगढमा बिहीबार आयोजित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुख्यमन्त्रीसँग साक्षत्कार कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अहिले बाहिर आएको समाचार जस्तो नभएर पूर्णपाठ आउने क्रममा विमानस्थल निर्माण गर्नेगरी सर्वोच्च अदालतको फैसला आउने विश्वास पनि व्यक्त गरे ।

‘निजगढको विकल्प छैन, मुख्यमन्त्री राउतले भने, ुपूर्णपाठमा अदालतबाट प्रतिकुल फैसला आएमा मेरो नेतृत्वमा पुनः मधेश प्रदेशमा नै आन्दोलन, चक्काजाम र प्रदर्शन गरौँला ।’

मुख्यमन्त्री राउतले मुलुकको राष्ट्रिय गौरवको योजना भएकोले निजगढ विमानस्थल कुनै पनि हालतमा बन्नु पर्नेमा जोड दिए । मुख्यमन्त्री राउतले मुलक र मधेश प्रदेशको सर्वाङ्गिण विकासको लागि विमानस्थल निर्माण आवश्यक भएकोले यसको निर्माणको लागि आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने बताए ।

हाम्रो देशमा पर्यटन, यातायात, र कार्गोसेवा समेतको कारोवार गर्ने गरी पूर्णक्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको अत्यन्तै आवश्यकता रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा देशको आवश्यकतालाई दृष्टिगत गरी सरकारले काठमाण्डौं–तराईमधेस ९फास्टट्रयाक०, विशेष आर्थिक क्षेत्र ९सिमरा० र ड्राईपोर्ट ९वीरगन्ज०सँग अन्तर्सम्वन्धित हुने गरी बारा जिल्लामा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्ने परियोजना अघि बढाएको बताइएको छ ।

सो कार्यक्रममा बारा क्षेत्र नम्बर १ क बाट मधेश प्रदेश सभाका सदस्य त्रिलोकी चौधरीले सम्बोधन गर्दै आन्दोलनमा एैक्यवद्धता रहेको बताए । उनले अदालतबाट प्रतिकुल फैसला आए पनि प्रदेश र केन्द्रीय सरकारले निजगढ विमानस्थल बनाउने बताए । चौधरीले सर्वोच्चको हालको फैसला देश र जनताको हितमा नरहेको बताए ।

देश विकासको लागि अतिआवश्यक, महत्वपूर्ण र निर्विकल्प परियोजनाको रुपमा हेरिएको यो विमानस्थल निर्माण कार्यमा रोक लगाएर अन्यत्र विकल्प खोज्न आदेश दिनुले सर्वोच्च अदालतले नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल बनाउन पाउँदैनौँ भनेको हो भन्ने अर्थमा बाराली जनताले बुझेको सरोकार समितिका सदस्य विनोद भारतीले बताए ।

मुख्यमन्त्री राउतको अश्वासनपछि सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले हाललाई सडकमा हुँदै आएको चक्काजाम र प्रदर्शन स्थगित गरेको बताए । उनले २२ दिनदेखि हुँदै आएको राजमार्गको धर्ना र चक्काजाम स्थगित भएको छ भने रिले अनशन भने जारी रहेको संयोजक श्रोष्ठले बताए ।

विमानस्थल निर्माण नगर्ने भनेर सर्वोच्च अदालतले गरेको निर्णयपछि सरोकार समितिले १२ जेठदेखि निजगढ नगरपालिकास्थित राजमार्गको शहीद चोकमा धर्ना र चक्काजाम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्