बाजुराको बुढीगंगामा असार २३ गते पुनः निर्वाचन हुने



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको पुनः निर्वाचन हुने भएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले असार २३ गते पुनः निर्वाचन गर्न मिति तोकेको प्रमुख जिल्ला अधिकारी सीडीओ प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।

बुढीगंगामा ३० वैशाखमा बुथकब्जा र निर्वाचनमा धाँधली भएको भन्दै एमाले र कांग्रेसबीच विवाद भएको थियो। त्यसपछि मतगणना रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्