मौखिक आश्वासनपछि अस्थायी शिक्षकको धर्ना स्थगित 



जनकपुरधाम : प्रदेश सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि अस्थायी शिक्षक एक महिनादेखि जारी राखेको आन्दोलन स्थगित गरेका छन् । 

असार २० गतेदेखि विभिन्न माग राख्दै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिँदै आएका अस्थायी शिक्षकहरुले सरकारको सहमतिपछि आन्दोलन स्थगित गरेका हुन् ।

प्रदेश सरकारले आश्वासनपछि धर्ना स्थगित गरिएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले जानकारी दिए । प्रदेश सरकार र अस्थायी शिक्षकबीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको र अब यसको स्वरुप परिवर्तन गरिने समितिको भनाइ छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साह धर्ना स्थलमा पुगेर सहमतिलाई पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

मन्त्रीद्वय साह र यादवले अस्थायी शिक्षकहरुलाई धर्ना तोड्न आग्रह गरेपछि उनिहरुले धर्ना स्थगित गरेका हुन् ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धर्मेन्द्र कुमार यादवले धर्ना स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्