काठमाडौंबाट विप्लवका तीन कन्द्रीय नेता पक्राउ



काठमाडौं : काठमाडौंको बत्तीसपुतलीबाट प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृतवको नेकपा समूहका तीन केन्द्रीय नेता पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाका टोलीले केन्द्रीय सदस्यबाट हटाइएका डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङलाई पक्राउ गरेको हो । 

पार्टीको रणनीति बनाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए । सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लवका ७ सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । 

प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्