गठबन्धनका नेताले एसपीपीका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने



काठमाडौं । सत्ता गठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) का विषयमा प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गर्ने भएका छन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफूबीच शनिबार छलफल भएको र एसपीपीका बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिएका हुन्।

शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारे पनि यसको चर्चा परिचर्चा धेरै भएकाले पुन छलफल गर्ने बताए। अध्यक्ष नेपालले राष्ट्रिय अन्योललाई चिर्दै एसपीपीको सत्य तथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरे ।

एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यस विषयमा हङ्गामा मनाउने दल नै जोडिएको कुरा आएको उनले बताएका छन । त्यस्तै उनले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्