थप १४ जनामा कोरोना पुष्टि, ११ जना निको



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण गर्दा १४ जना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ११ र ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार २८८ पुगेको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १०५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्