‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लिएर आइन् शान्ति



काठमाडौं। कवयित्री शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेलगायतले सो कवितासंग्रह सार्वजनिक गरेका हुन्।

कविताकृतिमाथि टिप्पणी गर्दै कवि मोमिलाले शान्तिका कविताका विषय र शिल्प बेजोड रहेको बताइन् । समालोचक डा. देवी नेपालले शान्तिले छोटो समयमै उत्कृष्ट सिर्जना गरेर उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरे। साझा प्रकाशनका महाप्रबन्धक कवि प्रह्लाद पोखरेलले शान्तिका कवितामा जीवन, जगत र प्रकृतिको सुन्दर र कलात्मक संयोजन भएको बताए।

कुलपति गंगाप्रसाद उप्रेतीले शान्तिको सिर्जनाकला प्रशंसायोग्य रहेको उल्लेख गर्दै अझ सुन्दर र सशक्त सिर्जनाका लागि शुभकामना दिए । कवि शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बूको परिवेशलाई समेटेर कविता रचना गरिएको बताइन्।

कवितासंग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयवस्तुहरूलाई उठान गरिएको पनि उनको भनाइ थियो। साझा प्रकाशनले प्रकाशन गरेको कवितासंग्रहमा ४७ वटा छन्। कार्यक्रममा ‘नसोधिदेऊ विन्ती’नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्