images

मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु

द नेपालटप | प्रकाशित: २०७६-४-२१ गते
मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु

नवलपुर : नवलपरासी वर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु भएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

नवलपुरमा सर्पदंशका बिरामी धेरै हुने गरेकाले गण्डकी प्रदेश सरकारले सर्पदंश उपचार सेवा केन्द्र निर्माणका लागि बजेट विनियोज गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताललाई प्रदेश सरकारबाट रु ४० लाख सर्पदंश उपचार केन्द्र निर्माण तथा सेवा शुरु गर्नका लागि बजेट विनियोजन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा गोपाल खनालले बताए  ।

हाल अस्पतालको आकस्मिक कक्षबाट सर्पदंशको उपचार सेवा शुरु गरेको अध्यक्ष डा खनालले बताउनुभयो । उहाँका अनुसार प्रदेशबाट प्राप्त बजेटबाट सर्पदंश कक्ष स्थापनासहित उपचारका लागि जनशक्ति तयार गर्न तालीम प्रदानलगायतका कार्य गरिनेछ । हाल अस्पतालमा रहेको चिकित्सकलाई तालीम प्रदान गरी सर्पदंश उपचार सेवा शुरु गरिएको छ ।

सर्पदंशको उपचारका लागि आवश्यक पर्ने भेनम जनस्वास्थ्य कार्यालयबाट माग गरिएको अध्यक्ष डा खनालले बताउनुभयो । अस्पतालमा ५० भायल एन्टि स्नेक भेनम माग गरिएको छ । गण्डकी प्रदेश सरकारले नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र पहाडी क्षेत्रको बौदिकाली गाउँपालिकाको डेढगाउँमा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको थियो । डेढगाउँमा पनि चाँडै उपचार शुरु गर्ने तयारी गरिएको छ ।

नवलपुरमा विषालु सर्पको टोकाइका कारण समयमा उपचार नपाएर वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन् । जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएसँगै सर्पदंशका बिरामीको उपचारका लागि सहजता हुने अस्पतालका अध्यक्ष डा खनालले बताए  । पहाडी क्षेत्रमा हुने सर्पदंशको घटनामा समयमा उपचार पाउन नसक्दा धेरैले ज्यान गुमाउँदै आएका थिए ।

डेढगाउँमा स्थापना गरिने सर्पदंश उपचार सेवा केन्द्रले पहाडी क्षेत्रका सर्पदंशका बिरामीको उपचारका लागि धेरै सहजता हुने स्थानीय वीरबहादुर बिसीले बताए । मध्यविन्दु जिल्ला अस्पतालमा शव परीक्षण सेवासमेत शुरु गरिएको छ । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

उच्च अदालत पोखराका न्यायाधीश अधिकारीद्वारा राजीनामा  

उच्च अदालत पोखराका न्यायाधीश अधिकारीद्वारा राजीनामा  

काठमाडौं : उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन्। गोर्खा ब्रुअरीको अन्तशुल्क विवाद..

पूर्वपश्चिम राजमार्ग अवरुद्ध, खुल्न अझै समय लाग्ने 

पूर्वपश्चिम राजमार्ग अवरुद्ध, खुल्न अझै समय लाग्ने 

नवलपुर : पूर्वी नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । पूर्व&n..

तनहुँमा सवारी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

तनहुँमा सवारी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

तनहुँ : जिल्लामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपाल..

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना चढेको हेलिकोप्टर आकस्मिक अवतरण

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना चढेको हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सवार हेलिकप्टर रुकुमपूर्वमा आकस्मिक अवतरण गरिएको छ। मौसम..

शरणार्थीलाई नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ

शरणार्थीलाई नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ

पोखरा : तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापासहित ३ जना पक्राउ..

वृद्ध दम्पतीको हत्याका अभियुक्त सार्वजनिक

वृद्ध दम्पतीको हत्याका अभियुक्त सार्वजनिक

बागलुङ : जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै मुद्दाका ३ अभियुक्तलाई शुक्रबार सार्वजनिक गरेको छ। ढोरपाटन नगरप..