हात्तीको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु



धनगढी । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंक सोडारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

शनिबार साँझ उनलाई कर्णाली नदी किनारमा दुईवटा जंगली हात्तीले आक्रमण गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। मृतक महिलाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्